काठमाडौं, ८ पुस । भारतको सहयोमा नेपालमा सञ्चालित परियोजनाका विषयमा मिशन उपप्रमुख नामग्या खम्पाले जानकारी लिएकी छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग भेटवार्ता गरी सो विषयमा उनले जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको हो । भेटमा भारतको सहयोगमा रेलवे र सडक क्षेत्रमा सञ्चालित परियोजनाहरूको बारेमा छलफल भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया