नेपालमा रेल चलाउन भारतबाट कर्मचारी ल्याइने

समाचार

8/30/2020

काठमाडौं, १४ भाद्र । नेपालमा रेल सेवा सञ्चाल गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइने भएको छ ।

उक्त रेल सेवा सञ्चालनका लागि चालक दल, मर्मतसम्भार इन्जिनियर, सिग्नल प्रणालीका इ(िन्जनियर, स्टेसन सञ्चालनसम्बन्धी विज्ञ लगायतका प्राविधिक कर्मचारी भारतबाट ल्याइने रेल विभागले जनाएको छ । यसका लागि दुवै मुलुकबीच औपचारिक प्रक्रिया सुरु भइसकेको छ ।

सो रेल सेवा सञ्चालनका लागि रेल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित २०७६ फागुन ९ गते आवेदन माग गरेको थियो तर आवेदनको अन्तिम म्यादसम्म एक जनाको निवेदन पनि परेन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ