काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिने बाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् ।
मन्त्री ज्ञवालीले विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिने बाहेक नेपालको अरु कुनै स्वार्थ नहुने बताएका हुन् ।
संसदीय सुनुवाई समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रुपमा सहभागी भएका मन्त्री ज्ञवालीले भारतबाट विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित नै हुने बताए ।
यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरिय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने भन्ने सुझाव दिने उनले बताए ।
तपाईको प्रतिक्रिया