नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीको अधिवेशन सम्पन्न

समाचार

1/10/2021

रुपन्देही, २६ पुस । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।

शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्द्रीय सदस्य बुटवलका व्यवसायी सुरेन्द्र प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

यसअघि दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित आठ सदस्यीय समिति निर्विरोध भइसकेको हो । दुई उपाध्यक्ष मध्ये जिल्ला नगर उपाध्यक्षमा रोल्पा उद्योग बाणिज्य संघका बालकृष्ण सुवेदी र एशोसियट उपाध्यक्षमा रोहिणी इन्भेष्टमेन्ट प्रालि रोहिणी रुपन्देहीका दिपककुमार पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा देउखुरी उद्योग बाणिज्य संघका रत्नप्रसाद श्रेष्ठ, कार्यकारिणी सदस्यहरुमा जिल्ला नगरबाट ज्ञानुराम न्यौपाने (प्युठान उवासंघ), टेकबहादुर शाह (बर्दिया उवासंघ राजापुर), भोजेन्द्र प्रकाश ढकाल (रामपुर उवासंघ रामपुर, पाल्पा), भिमबहादुर श्रेष्ठ (पाल्पा उवासंघ तानसेन, पाल्पा), रामसिंह थारु (बासगढी उवासंघ, वर्दिया) तथा दुई एशोसियट सदस्यमा स्वर्गद्वारी मल्टिप्रपोज प्रालि सुनवलका गोपालप्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का निर्बिरोध निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ