नेपाल बुझ्न मधेस घुम्नैपर्छ : पर्यटन राज्यमन्त्री मण्डल

समाचार

12/10/2020

बारा, २५ मंसिर । प्रदेश २ को उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले नेपाल बुझ्न मधेस घुम्नैपर्ने बताएका छन् । उनले पोखरा र सौराहामा अल्झिएर पर्यटकहरुले वास्तविक नेपाल नै देख्न नपाएको बताए ।

बारामा ‘जाउँ है पोखरा’ अभियानको कार्यक्रमा बोल्दै उनले प्रदेशको समृद्धिका लागि उद्योग, कृषि र पर्यटनलाई नै तीनवटा खम्बाको रुपमा हेरिएको जानकारी पनि दिए । ‘उद्योग, कृषि र पर्यटनलाई नै प्रदेश समृद्धिको आधारको रुपमा अघि सारेका छौं, १ सय वटा पर्यटकीय स्थल पहिचान गरेका छौं,’ उनले भने, ‘पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माणसँगे सौन्दर्यीकरणको काम अघि बढाएका छौं । प्रदेशमा धार्मिक पर्यटनको सम्भावना बढी देखिएको छ ।’

प्रदेशमा रहेका पर्यटकीय धरोहरको बजारीकरण हुन नसकेको बताउँदै उनले सीमावर्ती भारतीय राज्यका पर्यटक मात्रै ल्याउन सकेपनि ठूलो प्रगति हुने बताए । गण्डकी लगायत अन्य प्रदेशसँग पर्यटन प्रवद्र्धनका लागि प्रदेश २ सरकार हातेमालो गर्न तयार रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ