नेपाली बालक भारतको बाल गृहमा

समाचार

12/21/2020

काठमाडौं, ६ पुस । भारतको नयाँदिल्लीमा भेटिएका एक बालक करिब दुई वर्षदेखि बाल कल्याण गृहमा छन् ।

शिव नाम गरेका ४ वर्षीय नेपाली बालक गत जनवरी २०१९ मा नयाँदिल्लीमा भेटिएका थिए ।

उनको मातापिताको नाम भट्टे सिंह र राधे हो, अनि भाइको नाम कांता सिंह हो । अहिले उनी नयाँ दिल्लीको बाल कल्याण गृहमा छन् ।

बालकका आफन्तहरूले उनको जानकारीका लागि काठमाडौंस्थित भारतीय दूतावास वा बाल कल्याण गृह नयाँदिल्लीमा सम्पर्क गर्न दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ