काठमाडौं, ७ असोज । छिमेकी मित्रराष्ट्र चीनले नेपाली भूमिमा संरचनासमेत निर्माण गरी आफ्नो रहेको दाबी गरेको छ । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर निर्माण गरिसकेको छ ।
चिनियाँ अतिक्रमणविरुद्ध विभिन्न ठाउँमा विरोध भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले सो भूमि आफ्नै भएको दाबी गरेको छ ।
मंलबार साँझ चिनियाँ राजदूतावासले विज्ञप्तिमार्फत् उक्त भूभाग चीनतर्फ रहेको प्रमाणित गरिएको दाबी गरेको छ । चिनियाँ दूतावासका प्रवक्तामार्फत् विज्ञप्तिमा भनिएको छ, ‘मिडियामा उल्लेख गरिएका भवनहरु चीन नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ ।’
नेपाली भूमिमा चीनले आफ्नो भएको दाबी गरिरहँदा परराष्ट्र मन्त्रालयबाट कुनै आधिकारिक वक्तव्य आएको छैन । चीनले नेपालका धेरै ठाउँमा भूमि अतिक्रमण गरेको कुरा बेलाबखतमा आइरहन्छ । तर सम्बन्धित पक्ष वा नेपाल सरकारले नै खासै चाँसो राखेको देखिँदैन ।
दुवै छिमेकीसँग नेपालको सिमानामा विवादहरु आइरहन्छ । भारतसँगको सीमा विवादमा चर्को राष्ट्रवादी बन्ने होड नै चल्छ । नारा जुलुससम्म हुन्छ । तर चीनले हजारौं हेक्टर भूभाग अतिक्रमण गर्दा राष्ट्रवादीहरुको मौन छन् ।
तपाईको प्रतिक्रिया