काठमाडौं, ८ जेठ । विश्वभर महामारीको रूपमा फैलिइरहेको कोभिड–१९ भाइरस को प्रभावबाट नेपाल पनि अछुतो हुन नसकेको र देशैभर भाइरसको प्रभाव दिनानुदिन बढ्दै गइरहेको हालको विषम परिस्थितीमा स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम आयोजना गरी ९० थान अक्सिजन कन्सन्ट्रेटरसहित व्यक्तिगत सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहजीकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ प्रतिकार्यका लागि हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरु सोसाइटी अफ चाइनाले सहयोग स्वरुप प्रदान गरेको थियो ।
मानवीय संकटको यस कठिन घडीमा नेपाल रेडक्रस सोसाइटी र नेपाल स्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेशन)को पहलमा प्राप्त सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो मार्फत् स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।
तपाईको प्रतिक्रिया