नेपाल र भारतबीच वार्ताका लागि पहल

समाचार

9/7/2020

काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन् । भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो ।

दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन् ।

नेपाल–भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ । यद्यपि ती बैठकको मिति तय भइसकेको छैन ।

दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल(भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ । यसअघि भदौ १ मा नेपाल–भारत संयुक्त निगरानी संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिज्म)को बैठक बसेको थियो । बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको समीक्षा गरेको थियो । भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए ।

निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन् । दुई मुलुकका स्थापित संयन्त्रहरूबीच अब नियमित संवाद हुनेछ ।

प्रधानमन्त्रीबीच संवाद भएपछि परराष्ट्र सचिवस्तरीय बैठकको तयारी भइरहेको छ । परराष्ट्र सचिवस्तरीय बैठकका लागि दुवै मुलुकका अधिकारीहरू तयारीमा जुटेका छन् । त्यसपछि दुई मुलुकबीच बाउन्ड्री वर्किङ ग्रुप र नेपाल–भारत संयुक्त आयोगको बैठक हुनेछ ।

नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले सचिवस्तरीय वार्ताको मिति र एजेन्डाबारे आन्तरिक गृहकार्य गरिरहेका छन् । परराष्ट्र सचिवस्तरीय बैठकमा नेपाल(भारत पछिल्लो सम्बन्ध, रक्सौल–काठमाडांै रेलमार्गलगायत अन्य परियोजनाबारे छलफल हुनेछ। सचिवस्तरीय बैठकमा रक्सौल(काठमाडौं रेलमार्गको डीपीआर गर्नेबारे केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ