नेपाली सेनाका एक जवानले गरे आत्महत्या

समाचार

8/30/2020

काठमाडौं, १४ भाद्र । नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थायी ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।

आइतबार बिहान ०२ः४५ बजेको समयमा उनले आत्महत्या गरेका हुन् । सो घटना सम्बन्धि जवानको नजिकको नातेदारलाई जानकारी गराइ सकिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि श्री त्रि.वि.शिक्षण अस्पतालमा पठाईएको र सो घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ