नेपाली सेनाले दियो भारतीय सेनालाई नेपालमै बनेको मास्क र गौतम बुद्धको प्रतिमा

समाचार

11/5/2020

काठमाडौं, २० कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेलाई नेपालमा निर्मित एक लाख थान मास्क र गौतम बुद्धको प्रतिमा उपहार दिएका छन् ।

सैनिक जङ्गी अड्डामा बिहीबारे भएको भेटमा थापाले नरवणेलाई ती सामग्री प्रदान गरे । भारतीय सेनाध्यक्ष नरवणेले भने एम्बुलेन्स, भेन्टिलेटरसहित स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् । औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आइपुगेका नरवणे शुक्रबार स्वदेश फर्कँदैछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ