जनकपुरधाम, २५ असोज । धनुषाका नापी कार्यालयका प्रमुखसहित अन्य कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि नापी कार्यालय धनुषा दुई दिनको लागि बन्द गरिएको छ ।
नापी कार्यालय धनुषाले आइबतार एक सूचना जारी गर्दै दुई दिनको लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा २६ गते सम्मको लागि बन्द गरिएको जनाएको छ ।
कार्यालय प्रमुख सहित अन्य कर्मचारीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकोले कोरोना परिक्षणको रिपोर्ट आउँदा सम्म नियमित सेवा प्रवाह गर्नु सम्भव नरहेकोले कार्यालय बन्द गरिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया