नियन्त्रित लागूऔषधसहित चार जना पक्राउ

समाचार

9/5/2020

मोरङ, २० भाद्र । विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध ४ बोतल डाइलेक्स डिसीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–११ बस्ने ४९ वर्षीय जय गुरुङ, २५ वर्षीय छोटु पासवान, सोही महानगरपालिका–४ बस्ने ३० वर्षीय सरफराज आलम र २८ वर्षीय मिन्टु हुसेन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले को.२४ प ७८३ र स.९ प ४५११ नम्बरका दुई मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ