नियन्त्रित लागूऔषधसहित विराटनगरमा दुई जना पक्राउ

समाचार

11/1/2020

मोरङ, १६ कार्तिक । विराटनगर महानगरपालिका–१६ दरैया बस्तीबाट नियन्त्रित लागूऔषध दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डाईलेक्स डिसी ३ बोतलसहित सोही महानगरपालिका–१० तिनटोलीया बस्ने ४८ वर्षीय कुशल विश्वास र ३७ वर्षीय अशोक रायलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले को.१५ प ८३७० नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ