झापा, २६ पुस । महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कारागार कार्यालय, झापामा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कारागार कार्यालय, झापाको परिसरमा आयोजित उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले कारागार कार्यालय, झापाका प्रमुख राजेन्द्र गौतमलाई नेपालको संविधान, ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहितअन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको प्रमुख आतिथ्य नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाबाट र अध्यक्षता जिल्ला सरकारी वकील कार्यालय, झापाका जिल्ला न्यायाधिवक्ता पदमप्रसाद वस्तीबाट भएको थियो ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना कार्यक्रमको विशेष आतिथि थिए ।
यसैगरी, कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइराला, सशस्त्र प्रहरी उपरीक्षक रमेश पाण्डे, अनुसन्धान उपनिर्देशक तिलक प्रसाई र कारागार कार्यालय, झापाका प्रमुख राजेन्द्र गौतम अथिति थिए ।
तपाईको प्रतिक्रिया