जनकपुरधाम, २५ फागुन । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्लोथ बैंक नेपालले महिला पत्रकार, समाजसेवी, अधिकारकर्मी तथा नेतृहरुलाई सम्मान गरेको छ ।
सोमबार क्लोथ बैंकले चुज टु च्यालेन्ज नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो ।
क्लोथ बैंक नेपालका सचिव मनिस श्रीओमको अध्यक्षता तथा जेष्ठ महिला अगुवा बिभा ठाकुरको प्रमुख आतिथ्यतामा पत्रकारद्वय गायत्री मिश्र र मनिका झाको विशेष आतिथ्यतामा सशक्त महिला – सशक्त मानबताको आवाज उठाउँदै जिससको सभकक्षमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रममा महिला पत्रकार, समाजसेवी, अधिकारकर्मी, नेतृहरुलाई टिका र गमछा ओढाएर सम्मान गरिएको थियोे ।
क्लोथ बैंकले गायत्री मिश्र, मनिका झा, बिभा ठाकुर, सोनि देवी, भारती झा, चाँदनी झा, खुश्बु साह, बिजेता झा, नेहा झा, अनामिका ठाकुर, ज्योती झा, प्रीति झा, आरती मंडल, माला राय, बरुना कर्ण, रुबि झा, बिन्दु ठाकुर लगायतलाई सम्मान गरेको हो ।
कार्यक्रमको विशिष्ट अतिथिको रुपमा जिससका उपसभापति दिपक झा, जसपा नेता मनोज चौधरी, लोकतान्त्रिक युवा नागरिक समाजका शिवशंकर मिश्र, मैथिल ब्राम्हण युवा संघका जानकी रमण झा, क्लोथ बैकका दिपक चौधरी, पंकज मंडल, कृष्ण साह लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम क्लोथ बैंकका कोषाध्यक्ष एवं सफाई अभियानी रुबी झाले संचालन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया