नवलपरासीमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

समाचार

12/20/2020

नवलपरासी (पूर्व), ५ पुस । मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बस्ने ७७ वर्षीया देवकी घिमिरेको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर आइतबार बिहान मृत्यु भएको छ ।

उनले लगाएको कपडामा आगो सल्की जलेर गम्भीर घाइते भएकी देवकीको कीर्तीपुर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ