नेशनल इन्जिनियर्स एसोसिएशनको बृहत छलफल कार्यक्रम सम्पन्न

समाचार

3/14/2021

जनकपुरधाम, १ चैत । नेशनल इन्जिनियर्स एसोशिएसन नेपालले इन्जिनियरहरुको हक हितका लागि ०७८ बैशाख २४ गते हुन गइरहेको निर्वाचनमा सबै एकजुट भई युवा र सक्रिय नेतृत्वलाई ल्याउनका लागिका इन्जिनियरहरुको बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश न. २ का अध्यक्षका उम्मेदवार इ. गौरी पण्डितले अहिले निर्वाचनका समयमा उम्मेदवारहरुले विभिन्न प्रकारका लोभ लालच दिने गरेकाले त्यसका पछाडी नलाागि योग्य इमान्दर र युवा पुस्तालाई ल्याइ कमिटिलाई सबल सक्रिय बनाउन आग्रह गर्दै हामी युवा पुस्ताले समाजलाई केही दिन सक्ने अवस्थामा भएकाले समाजमा रहेका बेरोजगार इन्जिनियरहरुको तथ्यांकन संकलन गरी उनीहरुको समस्यालाई तत्कालका लागि पुरा नगरी स्थायी रुपमा पुरा गर्ने प्रयासमा लाग्ने बचनबद्धता व्यक्त गरेका थिए ।

इ. पण्डितले निर्वाचनका लागि घोषणापत्रमा कुनै ठुलो कामको घोषाणा गर्ने छैनौ ,हामी कुनै राजनीतिक दलसंग सम्बनिधत नभएर विशुद्ध पेशागत व्यक्तिहरु भएकाले इन्जिनियर साथीहरुलाई कुनै भ्रममा नराखी खुल्लारुपमा आ—आफना कुरा साथीहरु माझ राख्न समेत आग्रह गरे ।

उनले भने, ‘सबै साथीहरु स्वतन्त्र हुनुहुन्छ आफै विचार गर्नुस् कस्ता खाले नेतृत्व चाहिन्छ भनेर विचार गर्नुस् ।’

कार्यक्रम पूर्वसिडियो रामरत्न मिश्रको प्रमुख आतिथित्यमा भएको थियो भने कार्यक्रम नेशनल इन्जिनिर्यस एशोशिएशन नेपाल धनुषाका अध्यक्ष इ. दिपक यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेइएनका केन्द्रिय महासचिव तपेश्वर यादव, अविनाश अमर सुमन यादव, मदन कुमार सिंह, दिलिप कर्ण, दिवेश साह लगाायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जनकपुरको पगलाबाबा धर्मशालामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ