निषेधाज्ञा कडा बनाउन वीरगन्जमा सेना परिचालन

समाचार

8/16/2020

वीरगन्ज, ३२ साउन । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जमा निषेधाज्ञालाई थप कडा बनाउन सेना परिचालन गरिएको छ । निषेधाज्ञा प्रभावकारी नभएपछि स्थानीय प्रशासनले आइतबारदेखि सेना परिचान गर्ने निर्णय गएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एउटा सूचना जारी गर्दै श्रावन ३२ गते बिहान ५ बजेबाट लागु हुनेगरी भाद्र १३ गते बिहान ५ बजेसम्मका लागि नेपाल प्रहरी र सशस्त्र प्रहारीलाई निषेधाज्ञा लागु गराउन सहयोग पुर्याउन नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जारी गरेको सूचनामा पहिलेदेखि नै जारी गरिएको निषेधाज्ञालाई थप कडा बनाउन सेना परिचालन गरिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ