नौ महिना पछि काठमाडौं–दिल्ली उडान नियमति उडान सुरु

समाचार

12/17/2020

काठमाडौं, २ पुस । काठमाडौं–दिल्लीको नियमित हवाई उडान बिहीबारदेखि सूचारु भएको छ । गत वर्षको चैत महिनादेखि बन्द रहेको दिल्ली–काठमाडौं उडान नौ महिनापछि सुचारु भएको हो ।

सरकारले चैत ११ पछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गरको छ । अब दुई देशका नागरिक मात्रै उड्न पाउने गरी हवाई सेवा सुरु गरिएको हो । ए–३२० जहाजको उडानमार्फत् नेपाल एयरलाइन्सले पहिलो उडान भरेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । नेपाल एयरलाइन्सले नेपालबाट १४१ यात्रु लिएर भारत उडेको हो । प्रवक्ता श्रेष्ठका अनुसार विमानले इकोनोमितर्फ १३५ र बिजनेस क्लासतर्फ ६ जनालाई लिएर भारत उडेको हो । भारतबाट आउने यात्रुको संख्या पनि राम्रै रहने उनले बताइन्

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । यस्तै भारतबाट एयर इन्डियाले नयाँदिल्ली–काठमाडौं–नयाँदिल्ली उडान गर्नेछ । नेपाल र भारतबीच ‘एयर बबर’ स्किममा नियमित उडान सुरु भएको हो । यो स्किमअनुसार दुवै देशका विमान कम्पनीले दुई देशका नागरिकलाई मात्रै सेवा दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ