पाँचदिने पत्रकारिता तालिम सम्पन्न

समाचार

11/12/2020

बाँके, २८ कार्तिक । मूल धर्म भुलेर गरिने पत्रकारिताले व्यावसायिक पत्रकारहरु समेतलाई बदनाम गर्न थालेको चिन्ता एक कार्यक्रममा सहभागीहरुले गरेका छन् ।

नेपालगंज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाको तलब भत्ताबाट युथ टुडे मिडिया नेटवर्क प्रालिले आयोजना गरेको पाँचदिने पत्रकारिता तालिमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

पत्रकारिता लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको आधार हो नेपालगंज उप–महानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले भने, मिडियाले सबैलाई मार्गदर्शन गर्ने भएकाले यसलाई चौथो अंग भनिएको हो ।

मिडिया कहिल्यै पनि पूर्वाग्रही बन्नु हुँदैन नगरप्रमुख राणाले भने, लोकतान्त्रीक विधिलाई स्वीकार गर्न नसकेर वा सहयोग नपाएका कारण भ्रामक समाचार बजाएर कसैलाई लखेट्नु हँुदैन ।

तालिमका प्रशिक्षक डक्ट प्रसाद धितालले लोकतन्त्रमा मात्रै पत्रकारीता सुरक्षित रहने बताए । नेपालगंज उप–महानगरपालिकाका मेयरले आफनो तलब भत्ता पत्रकारीता तालिमका लागि सहयोग गरेर राम्रो काम गरेको बताउदै एक वडामा एक पत्रकार तयार गर्ने गरी तालिम संचालन भएको यो पहिलो उदाहरण हो ।

कतिपय पत्रकारहरुले धर्म भूलेर काम गर्दा सिंगो पत्रकारीता क्षेत्र बदनाम भैरहेको बताउदै युथ टुडे मिडिया नेटवर्क प्रालिका संचालक एंव प्रधान सम्पादक आलम खानले, पत्रकार आचारसंहिताको पालना गरेर काम गर्नु पत्रकारको धर्म हो ।

उनले निपष्क्ष भएर पत्रकारीता गर्न सहभागिहरुलाई अनुरोध गर्दै आवश्यक परे युथ टुडेले प्रशिक्षार्थी पत्रकारहरुलाई अधिकारीकता प्रदान गर्न तयार गरेको जिकिर गरे । उनले एक वडा एक पत्रकार आफनो अभियान भएको बताउदै तालिममा सहभागी भएका सबै जनालाई पत्रकारीतामा आउन आग्रह गरे ।

राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले पत्रकार माथी किन दुब्र्यावहारका घटना बढिरहेका छन् भन्ने कुराको समिक्षा जरुरी रहेको बताउदै प्रशिक्षार्थाीहरुलाई निष्पक्ष भएर पत्रकारिता गर्न सुझाव दिए ।

राप्रपाका बाँके अध्यक्ष नरेन्द्र पौडेलले, पत्रकारिता पेशा सम्वेदनशिल भएको बताए । नेपाल उनले लोकतन्त्र प्राप्तीमा पत्रकारहरुको ठूलो भूमिका रहेको स्मरण गराउँदै अहिले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई खुम्चाउने सडयन्त्रमा लागेको बताए ।

तालिम संचालका लागि तलब प्रदान गरिएको भन्दै मेयर राणालाई युथ टुडे मिडिया नेटवर्क प्रा.लिले कदर पत्रबाट सम्मान गरेको थियो ।

युथ टुडेका संरक्षक एंव नेपालगंज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकारीता क्षेत्रमा नयाँ पिढिको प्रवेशका लागि यो तालिम फलदायी भएको बताए । पत्रकारीता निकै संवेदनशिल पेशा हो, हामीले लेखेको समाचारमा सन्तुलन बिग्रीएमा सिंगो समाजलाई असन्तुलित बनाउँछ ।

५ दिनसम्म संचालन भएको तालिमको समापन कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य खलिद इक्बाल इराकी, राप्रपाका क्षेत्रीय सभापति दिपेन्द्र सिहं, युथ टुडेका प्रबन्ध सम्पादक मोहम्मद ज्याउल हक, कार्यकारी सम्पादक मोनिुद्दीन सिद्धिकी, वडा अध्यक्ष कैफुल वरा जोलहा, सुरन्द्र गुप्ता लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन सिमन गिरी, देव बहादुर क्षेत्री, बन्दना सोनी लगायतले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ