काठमाडौं, १२ भाद्र । रौतहटको हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले काठमाडौँमा प्रदर्शन गरेको छ ।
घटनाको सत्यतथ्य छनबिनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ ।
प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो ।
तपाईको प्रतिक्रिया