वीरगञ्ज, २३ कार्तिक । भारतबाट तस्करी गरी ल्याइएको पटाकासहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १७ अलौ बस्ने ३२ वर्षका विनोद सहनी रहेका छन् ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सहनीको घरमा बक्स पलगभित्र लुकाएर राखिएको अवस्थामा पटाका बरामद गरेको हो ।
सहनीको घरबाट विभिन्न ब्राण्डका १ सय ४१ प्याकेट पटाका प्रहरीले बरामद गरेको हो। पटाकासहित पक्राउ परेका सहनीलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया