रौतहट, १३ जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले दुई हप्ता पहिले मृत्यु भएका पत्रकार मनोजकुमार चौधरीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ ।
कोरोना संक्रमणले मृत्युवरण गरेका पत्रकार चौधरीको स्मृतिमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
गत वैशाख २९मा उपचारको क्रममा पत्रकार चौधरीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा मृत्यु भएको थियो । महासंघको रौतहट शाखाले उक्त पत्रकारिता पुरस्कार हरेक वैशाख २९ कै दिन वितरण गर्ने जनाएको छ ।
२५ हजार रुपैयाँको उक्त पत्रकारिता पुरस्कारको स्थापना चौधरीका घरपरिवारको सल्लाहमा गरिएको महासंघले जनाएको छ । गरुडामा रेडियो मधेस मसला एफएमका सञ्चालक तथा स्टेशन म्यानेजर रहेका पत्रकार चौधरी अन्य विभिन्न संघसंस्थामा पनि आबद्ध थिए ।
तपाईको प्रतिक्रिया