जनकपुरधाम, २८ मंसिर । नेपाल पत्रकार महासंघ धनुषा शाखालाई हंसपुर नगरपालिकाले विभिन्न प्राविधिक सामग्रीहरु प्रदान गरेको छ । नगरपालिकाको प्राङ्गणमा पत्रकार महासंघलाई विभिन्न प्राविधिक सामग्रीहरु प्रदान गरेको हो ।
नगरपालिकाले वाल फ्यान ४ थान, प्रोजेक्टर १ थान, ल्यापटप १ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, प्रोजेक्टर स्क्रिन १ थान, डेस्कटप पिसि ३ थान र डिजिटल क्यामेरा १ थान प्रदान गरेको छ ।
सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख मण्डलले देशको चौथो अंगको रुपमा रहेको पत्रकारहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
यसको मदतले समाचार लेखनमा सञ्चारकर्मीहरुलाई मदत पुग्ने उनले बताए । साथै उनले आगामी दिनमा सामाजिक क्षेत्रमा काम गरिरहेको विभिन्न संघ संस्थालाई सहयोग गर्ने बताए ।
पत्रकार महासंघलाई प्राविधिक सामग्री सहयोग गरेकोमा धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले यस सामग्रीको मदतले आफुहरुको काममा थप मदत पुग्ने बताए ।
तपाईको प्रतिक्रिया