काठमाडौं, १९ कार्तिक । पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समवेदना प्रकट गरेका छन् ।
प्रचण्डले एक शोक वक्तव्य जारी गरी दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
सीता महराको नर्भिक हस्पिटलमा बुधबार बिहान ६ः२५ बजे निधन भएको हो । दिवंगत कमरेड सीता महरा विगत लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।
पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला कमरेड सीतालाई स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते उहाँलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
‘असल, सरल, मृदुभाषी, र जनताका बीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी कमरेड सीता तत्कालीन ने.क.पा. (माओवादी)द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो ।’ प्रचण्डले शोक वक्तव्यमा उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया