प्रचण्ड बने संसदीय दलका नेता

समाचार

12/23/2020

काठमाडौं, ८ पुस । प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा उपस्थित सांसदहरुले सर्वसम्मतबाट प्रचण्डलाई दलको नेतामा अनुमोदन गरेका छन् ।

यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो । अध्यक्षको रुपमा माधव कुमार नेपाललाई चयन गरिएको थियो ।

प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।

बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ