पुरातात्विक मन्दिरप्रति अन्य तहको ध्यान नजानु दुःखद : मेयर साह

समाचार

3/5/2021

रौतहट, २१ फागुन । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्विक महादेव मन्दिरमा अन्य तहको ध्यान नजानु दुखद रहेको बताएकी छिन् ।

हजार वर्षभन्दा पुरानो रहेको तथ्य भेटिएको अवस्थामा समेत संघ तथा प्रदेश सरकारसहित अन्य पक्षले सो मन्दिरप्रति ध्यान नदिएकोमा मेयर साहले दुख व्यक्त गरिन् ।

नगरपालिकाले आफ्नो तहबाट सक्ने प्रयास गरेको भएपनि त्यसले नपुग्ने बताउदै मेयर साहले संघ र प्रदेशले साथ नदिएसम्म मन्दिरालई विश्व स्तरमा पुर्याउन नसकिने बताईन् । सो मन्दिरलाई विश्व सम्पदा सुचीमा पुर्याउन सकिने खालको प्रमाणहरु हुँदा पनि राज्य वेखबर भएजस्तो गरि प्रस्तुत भएको मेयर साहको गुनासो छ ।

संघ तथा प्रदेश सरकारले सानातिना मन्दिरहरु बनाउन बजेट व्यवस्था गर्ने गरेको तर ऐतिहासिक एवम् पुरातात्विक महत्वको पतौरा मन्दिरलाई वेवास्ता गरेको मेयर साहले बताइन् ।

उनले अब नगरपालिकाको क्षमताले मात्र नपुग्ने भएकोले मन्दिरको प्रवर्द्धन र विकास गर्नका लागि अन्य तहलाई ध्यान दिन आग्रह गरिन् ।

मेयर साहले ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक मन्दिर नेपालकै एक महत्वपूर्ण पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्न आफुहरु तयार रहेकोले जिम्मेवार बन्दै अन्य तह पनि लाग्नुको विकल्प नरहेको जीकिर गरिन् ।

“पतौरा महादेव मन्दिर हाम्रो धर्तीको गौरव हो । मौलापुरको मात्र नभई सिंगो देशको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दे गएको हो । यस मन्दिरको प्रवर्द्धन र विकासको लागि हामीले विभिन्न प्रयास गरिरहेका छौँ । एउटा नगरपालिकाले गर्न सक्ने जति हामीले गरिरहेकै छौँ ।“ मेयर साहले भनिन्, “तर दुखका साथ भन्नुपर्छ, यसका लागि जति चिन्ता मौलापुर नगरपालिकालाई छ । अन्य तहलाई थौरै पनि छैन । म संघ र प्रदेशलाई समेत आग्रह गर्दछु की यस ऐतिहासिक धरोहर विकासका लागि ध्यान दिनुपर्यो ।“

सरकारले सो मन्दिरलाई सय पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरेको छ । भगवान शिवको उक्त मन्दिरमा पछिल्लो समय नेपाल तथा भारतीय भक्तालुहरुको व्यापक हुन थालेको छ । केही समय अघि बेलायती अन्वेषण टोलीले त्यहाँ विशेष अवशेष भेटाएका थिए । कोरोना महामारी आएपछि त्यसको विस्तृत् प्रतिवेदन आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ