प्रतिनिधिसभा विघटनको प्रतिवाद गर्न जसपाको आह्वान

समाचार

12/20/2020

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई जनता समाजवादी पार्टी नेपालले प्रतिवादन गर्न आह्वान गरेको छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ति जारी गरी असंवैधानिक र अलोकतान्त्रिक कदम भनी जोडदार विरोध गरेका छन् ।

‘यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ’, ठाकुर र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण पार्टी पंक्ति र आमनागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं ।’

जसपाले यथाशीघ्र बैठक बसी यसबारे थप निर्णय गर्ने जनाइएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ जनादेश प्राप्तिका लागि संसद विघटनको प्रस्तावलाई सदर गरेकी थिइन् ।

साथै, प्रधानमन्त्री ओलीको संसद विघटन गरी २०७८ बैशाख १७ र २७ गते दुई चरणको प्रतिनिधिसभा निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ