प्रतिबन्धित भारतीय नोटसहित पक्राउ

समाचार

2/3/2021

मोरङ, २१ माघ । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ८ थान गरी जम्मा १ लाख ४ हजार भारतीय रुपैयाँ सहित झापा दमक नगरपालिका–९ पाडाँजुगी बस्ने ३१ वर्षीय अजय बलकोटिलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेका अजयलाई अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ