बारा, १६ मंसिर । प्रदेश २ मा बन्न लागेको प्रदेशस्तरीय सरुवारोग अस्पतालको शिलान्यास भएको छ । जसअन्तर्गत प्रदेश २ को बारामा बन्न लागेको अस्पतालको मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका छन् ।
कलैया नगरपालिका– १६ स्थित उत्तरझिटकैयामा निर्माण गर्न लागिएको सरुवारोग अस्पताल करिब सात बिघा क्षेत्रफलमा बन्न लागेको हो । ५० शय्याको अस्पतालको लागत अनुमान करिब ३२ करोड रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया