जनकपुरधाम, ५ भाद्र । कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ ।
प्रदेशका आठवटै जिल्लाबाट कोरोनाको संक्रमणको चपेटामा परेको छ । सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ ।
पर्सामा कोरोनाबाट २५ जनाको ज्यान गइसेकेको छ भने दोस्रो धनुषा जिल्लामा नौ जनाको मृत्यु भएको छ । त्यस्तै, बारामा छ, सप्तरीमा चार, रौतहटमा तीन, महोत्तरी र सिरहामा दुई/दुई र सर्लाही जिल्लामा एकको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
शुक्रबारबार अपराह्नसम्म यस प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार ६३ पुगेको छ । सोमध्ये तीन हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने तीन हजार ८९५ जनाको उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया