जनकपुरधाम, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पाँच जना प्रदेश सांसद नेकपा एमालेमा जाने तयारी गरेका छन् ।
प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा पाँच जना एमालेमा जाने तयारीमा रहेको बताइएको छ ।
प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाह, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा लागेका हुन ।
नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रामचन्द्र मण्डलले यो छलफलको विषय रहेकोले यसमा अहिले केही नबोल्ने बताए ।
राजनीति एकल विचारबाट नचल्ने भएकोले पहिला पनि सबैजना मिलेर सामूहिक निर्णय गरेको र अब पार्टीभित्र बस्ने अथवा छोड्ने एकजुट भएर छलफल गरेपछि मात्र निष्कर्ष निकाल्ने उनले बताए ।
तपाईको प्रतिक्रिया