जनकपुरधाम, ९ भाद्र । प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट सोमबार साँझसम्म ६२ जनाको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीमा ५ जना, सिरहामा ३, धनुषामा ११, महोत्तोरीमा २, सर्लाहीमा ३, रौतहटमा ३, बारामा ७ र पर्सामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै कोरोना संक्रमितको संख्या ९ हजार १७ पुगेको छ । जसमध्ये ७ हजार ७ सय २१ पुरुष र १ हजार २ सय ९६ महिला छन् । हालसम्म ४ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन् । प्रदेश २ का विभिन्न स्थानमा समुदायस्तरमान कोरोना फैलिएको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय रहेको छ ।
प्रदेश २ का सातवटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । सप्तरीमा ७४७ जना, सिरहामा ३७३ जना, धनुषामा १२ सय ७१ जना, महोत्तोरीमा ११ सय १८ जना, सर्लाहीमा १२ सय ३० जना, रौतहटमा १५ सय ६४ जना, बारामा ७ सय ६ जना र पर्सामा २ हजार २ जनामा संक्रमण देखिएको छ ।
तपाईको प्रतिक्रिया