प्रदेश २ : मृतक ८६ पुग्यो, संक्रमितको संख्या १० हजार नाघ्यो

समाचार

8/31/2020

जनकपुरधाम, १५ भाद्र । प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबार प्रदेश २ मा २२७ संक्रमित भेटिएसँगै यहाँ संक्रमितको संख्या १० हजार नाघेको हो ।

पछिल्लो २४ घण्टामा धनुषामा सबभन्दा बढी ७१ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै महोत्तरीमा ३५ जना, सिरहा २ जना, बारा ३०जना, पर्सा ४९ जना, सर्लाही ३५ जना, सप्तरी ४ जना र रौतहटमा १ जना संक्रमित फेला परेको समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

यो संँगै प्रदेश २ मा आइतबारसम्म कोरोना संक्रमितको संख्या १० हजार २२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा १९ जना महिला सहित ११४ जना उपचार पश्चात कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म यस प्रदेशमा कोरोनाबाट ८६ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ