प्रदेश २ मा केन्द्रले पठायो २२ जना विशेषज्ञ चिकित्सक

समाचार

8/27/2020

काठमाडौं, ११ भाद्र । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाएको छ ।

स्वास्थ्य मन्त्रालयले नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेको जनाएको छ ।

त्यसैगरी १३ जना चिकित्सक धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा पुगेका छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पतालमा काम गर्नेछन् । एक जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन ।

सरकारी छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो । उनीहरुले त्यहाँ गएर कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ