प्रदेश २ मा थप ५४ संक्रमित

समाचार

10/19/2020

जनकपुरधाम, ४ कात्तिक । प्रदेश २ मा ५४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन ।

सोमबार १८ महिला र ३६ जना पुरुष गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । यो सँगै प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चौध हजार ९३८ पुगेकोे छ ।

निर्देशक झाका अनुसार सोमबार बारामा २६ जना, धनुषामा नौ जना, महोतरीमा तीन, सिरहामा दुई, सर्लाहीमा तीन, पर्सामा पाँच, रौतहटमा एक जना र सप्तरीमा पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा कोरोना भाइरसका कारण अहिले सम्म २८ महिला र १३३ पुरुष गरी १६१ जनाको मृत्यु भइसकेको छ ।

७० जना संक्रमण मुक्त भएर घर फर्केकाले प्रदेश २ मा कोरोनालाई जितेर घर फर्किनेको संख्या १२ हजार ९७६ जना पुगेकोछ हाल प्रदेश २ मा कोरोना भाइरसका एक हजार ८०१ जना सक्रिय संक्रमित रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ