जनकपुरधाम, २३ भाद्र । प्रदेश २ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकामै कोरोना संक्रमणबाट एउटै वडाका २ जनाको मृत्यु भएको छ । कोरोनाबाट चक्रघट्टा गाउँपालिका ३ का ३५ पुरुष र ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुवैजनाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
यस्तै सिरहामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोमबार मिर्चैया नगरपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
सिरहाकै गोलबजार नगरपालिका ३ का ७७ वर्षीय पुरुष र पर्सा ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । यो सँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । मृत्यु हुनेमा १६ जना महिला र ९० जना पुरुष छन् ।
हालसम्म सबभन्दा बढी पर्सा जिल्लाका ३९ जना, बाराका १५ जना, धनुषा जिल्लाका १२ जना, महोत्तरीका ११ जना, सिरहाका १० जना, सप्तरीका ८ जना, सार्लाही र रौतहटका ५÷५ र एक भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
तपाईको प्रतिक्रिया