जनकपुरधाम, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि प्रदेश नम्बर २ मा संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको छ ।
ओली समूहका नेता सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाउन दाहाल–नेपाल समूहले मंगलबार बैठक आह्वान गरेको प्रदेशसभा सदस्य शत्रुधन महतोले जानकारी दिए ।
उनले भने, ‘संसदीय दलका उपनेता रामकुमार यादव समक्ष मण्डलविरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्तावपत्रको आधारमा भोली हामीले संसदीय दलको बैठक आह्वान गरेका छौं । हाम्रो पक्षका १९ जना सांसदले उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थियौं ।’
दाहाल–नेपाल समूहले मण्डल बिरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्ताव सहज रुपले पारित हुने विश्वास व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया