प्रदेश २ मा ११ संक्रमित थपिए

समाचार

11/19/2020

जनकपुर, ४ मंसिर । प्रदेश २ का विभिन्न जिल्लामा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् भने २४ जना कोरोनामुक्त भएका छन् ।

धनुषामा चारजना, महोत्तरीमा दुई, सर्लाहीमा एक, सिरहामा एकजना, सप्तरीमा दुई र सुनसरीका एकजनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । पछिल्लो चौबीस घण्टामा यस प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालहरुमा उपचार गराइरहेका १९ पुरुष तथा पाँच महिला संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

बुधबार यस प्रदेशमा जम्मा आठ सय २९ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ