जनकपुरधाम, १ असोज । प्रदेश २ मा २७५ जना नयाँ कोरोनाका संक्रमित थप भएका छन् । लकडाउन खुकुलो भए सँगै प्रदेशमा पुनः संक्रमण बढ्न थालेको हो । केही दिनदेखि घट्दै आएको संक्रमणको दर केही जिल्लामा पुनः बढ्न लागेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनरायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा बुधबार दुईजना महिला र २७३ जना पुरुष गरी २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ । यो सँगै प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बा¥ह हजार ४८९ पुगेको छ ।
सिरहामा सबैभन्दा बढी २५९ जना, महोत्तरीमा एक जना, पर्सामा पाँच जना, रौतहटमा एक जना र सप्तरीमा आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै प्रदेश २ मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।
तपाईको प्रतिक्रिया