प्रदेश २ मा ७९ थप संक्रमित

समाचार

10/20/2020

जनकपुरधाम, ५ कात्तिक । प्रदेश २ मा ७९ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । मंगलबार ९ जना महिला र ७० जना पुरुष गरी ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ हजार १७ पुगेकोे छ । त्यसैगरी प्रदेश २ मा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार ८४८ छ ।

मंगलबार पर्सा र सप्तरीमा १८ ÷१८ जना, धनुषामा १३ जना, महोतरीमा चार जना, सिरहामा ११ जना, सर्लाहीमा चार जना, बारामा छ जना, रौतहटमा चार जना र अन्य एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्र्त कोरोना भाइरसका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोतरीको भंगहा नगरपालिका वार्ड नं. ५ का प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत एक जना ६० वर्षीया महिला छन् ।

प्रदेश २ मा ३१ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएर घर फर्केको छ । योसँगै प्रदेश २ मा कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ७ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ