रुपन्देही, १७ असोज । प्रदेश ५ को सरकारले प्रदेशसभामा प्रस्ताव गरेको राजधानीको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले आपत्ति जनाएका छन् ।
प्रदेश ५ का नेकपाका १४ जना प्रदेशसभा सदस्यहरुले दाङको भालुवाङ बनाउने निर्णयविरुद्ध नोटअफ डिसेन्ट लेखेका छन् ।
शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया