काठमाडौं, २० । प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी टुंगो लागेको छ । प्रदेश संसदमा सरकारले प्रस्ताव गरेको प्रदेश नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको हो ।
मंगलबार भएको मतदानमा पक्षमा ७९ मत परेको र विपक्षमा ४ मत खसेको थियो । यसैगरी, स्थायी राजधानी भालुवाङको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको छ ।
मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित फ्लोर क्रस गरेका छन् । किनकी प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।
तपाईको प्रतिक्रिया