प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

समाचार

11/19/2020

काठमाडौं, ४ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधान सेनापति थापा र राजदूत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ