काठमाडौं, २ कात्तिक । पूर्वमन्त्री डा.डम्बरनारायण यादवको निधन भएको छ । विराटनगरमा उपचारको क्रममा उनको निधन भएको हो ।
सप्तरीस्थित आफ्नो निवासमा केही दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि उनलाई विराटनगर लगिएको थियो । मस्तिष्क पक्षघातका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ ।
पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री रही सकेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए । उनी मधेशी नागरिक समाजका अध्यक्ष पनि थिए । उनको दाहसंस्कार आजै गृह जिल्ला सप्तरीमा हुनेछ ।
तपाईको प्रतिक्रिया