पर्सामा थप ३४ जनामा संक्रमण

समाचार

8/24/2020

वीरगञ्ज, ८ भाद्र । पर्सामा सोमबार थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिका गरी दुई स्थानीय तहका ३४ जनामा संक्रमण देखिएको हो ।

गत भदौ ५ गतेदेखि ७ गतेसम्म सन्क्रमितहरुको स्वाब संकलन गरिएको थियो । योसँगै हालसम्म पर्सामा कोरोना संक्रमितहरुको कुल संख्या एक हजार ९ सय ४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ