प्रहरी हिरासतमा मृत्यु भएका दलित युवाको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

समाचार

8/30/2020

जनकपुरधाम, १४ भाद्र । प्रहरी हिरासतमा उपचारको क्रममा मृत्यु भएका दलित युवा विजय महराको परिवारलाई प्रदेश २ को सरकारले पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गरी शोकाकुल परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै दोषीलाई कानूनबमोजिम कारबाही हुने प्रतिबद्धतासमेत जनाएका छन् ।

कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको शिलशिलामा इलाका प्रहरी कार्यालय गरुडा रौतहटको थुनामा रहेका महराको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा गत बिहीबार मृत्यु भएको छ ।

परिवारजनले विजयलाई प्रहरीले कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् । यता, दलित अधिकारकर्मीहरुले समेत हत्या भएको भन्दै कारबाही माग गर्दै प्रदर्शन पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ