रूपन्देही, २१ फागुन । शुद्धोधन गाउँपालिका–३ बेताहीस्थित राम प्रसाद खनालको एभरेष्ट प्लाई उद्योगमा आगलागी हुँदा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
बिद्युत सर्ट भई शुक्रबार बिहान आगालागी हुँदा करिब ८ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया