नेपालगन्ज, १२ कार्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग कोरोना भाइरसबाट संक्रमित भएका छन् । जिल्लाको नरैनापुरमा कोरोना सङ्क्रमण व्यापक भइरहेका बेला स्यांग्जाबाट बाँकेमा सरुवा हुनु भएका प्रजिअ कुरुम्वांग कोभिड १९ को महामारी नियन्त्रणका लागि दिनरात नभनी आफै सबैैतिर खटिएका थिए ।
सिमाना, क्वारेन्टान र आइसोलेसनको व्यवस्थापनदेखि कोरोना विशेष अस्पतालको सञ्चालन र शव व्यवस्थापनसम्म आफै खटिंदै आएको अवस्थामा परीक्षण गराउँदा मंगलवार उनलाई संक्रमण पुष्टि भएको छ ।
कोरोना नियन्त्रणको काम गर्दा गर्दै मंगलवार उनलाई संक्रमण पुष्टि भएको हो । आफु संक्रमित भएको जानकारी गराउँदै प्रजिअ कुरुम्वांगले केही दिन यता नजिकै भएर काम गरेका सबैले परीक्षण गराउनसमेत आग्रह गरेका छन् ।
केही दिन पहिले मात्रै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर पनि जनताको सेवामा खटिंदा खटिंदै संक्रमित भएर हाल होम आइसोलेसनमा छन् ।
पछिल्लो केही दिन यता जिल्लामा संक्रमितहरु घट्दै गएका छन् भने संक्रमित देखिनेमा लक्षण भएकाहरु अधिकांश रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
तपाईको प्रतिक्रिया